Skip

Hamro Sanchar

माधव नेपालले भने : ललिता निवास प्रकरणमा मैले बदमासी गरेको छैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, २४ गते


काठमाडौं, साउन २४– नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले ललिता निवास प्रकरणमा आफूले केही पनि नबिराएको र बदमासी नगरेको प्रस्टीकरण दिएका छन् ।

पार्टी कामको सिलसिलामा स्विट्जरल्यान्ड पुगेका अध्यक्ष नेपालले सर्वोच्च अदालतले अनुसन्धानको दायरमा ल्याउन आदेश दिएकोबारे आफूले त्यसबारे थप बोलिरहनु नपर्ने उल्लेख गरे ।

आफूले असल मनसायले मात्रै बालुवाटार विस्तारको मास्टर प्लानको पक्षमा रहेर काम अघि बढाएको उनले बताए । आफूले अनुचित कार्य नगरेको भन्नेमा विश्वस्त रहेको उनले दाबी गरे ।

अध्यक्ष नेपालले भने “नबिराउनु, नडराउनु । मैले कुनै बिराएको छैन, बदमासी गरेको छैन, भ्रष्टाचार गरेको छैन । मैले नितान्त असल मनसायले बालुवाटार विस्तारको मास्टर प्लान अघि बढाउने पक्षमा काम गरेको हुँ । कुनै अनुचित काम गरेको छैन । कुनै व्यक्तिलाई उन्मुक्ति दिने होइन ।

छानबिन गर्ने, बदमासी गरेको छ भने दण्डित गर्ने ।” राष्ट्र र राष्ट्रिय सम्पत्तिका विरुद्धमा, भ्रष्टाचारको पक्षमा त्यसमा मुछिने कुनै काम नगरेको बताउँदै उनले अदालतको निर्णयबारे मैले केही भन्नु नपर्ने उल्लेख गरे ।


प्रतिकृया दिनुहोस्