Skip

Hamro Sanchar

स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने रास्वपा केन्द्रीय विभागको सदस्य बन्न

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, १९ गते


काठमाडौं, साउन १९- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समितिका प्रमुखका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने योग्यता तोकेको छ ।

पार्टीको केन्द्रीय समिति बैठकले सो पदका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने वा सम्बन्धित विभाग अनुसारको क्षेत्रमा कम्तीमा १० वर्ष अनुभव हुनुपर्ने अथवा असाधारण क्षमता भएको हुनुपर्ने योग्यता तोक्ने निर्णय गरेको हो ।

यस्तै प्रदेश समितिका पदाधिकारी र सदस्यको लागि स्नातक उत्तीर्ण हुनुपर्ने मापदण्ड बनाइएको छ। स्नातक उत्तीर्ण नभए सम्बन्धित विभाग अनुसारको क्षेत्रमा ५ वर्षको अनुभव वा असाधारण क्षमता भएको हुनुपर्ने मापदण्ड बनाइएको छ ।

स्थानीय तहका विभाग प्रमुखका लागि कम्तीमा १२ कक्षा उत्तीर्ण वा विभाग अनुसारको क्षेत्रमा दुईवर्षे अनुभव वा असाधारण क्षमता हुनुपर्ने मापदण्ड तोकिएको रास्वपाले जनाएको छ ।


प्रतिकृया दिनुहोस्