Hamro Sanchar

श्रीलङ्कासँगको टेस्ट शृङ्खलामा पाकिस्तानको क्लिन स्वीप

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, ११ गते


Advertisement

एजेन्सी, साउन ११- पाकिस्तानले श्रीलङ्कासँगको दुई खेलको टेस्ट शृङ्खलामा क्लिन स्वीप गरेको छ ।

आज बिहीवार कोलम्बोमा श्रीलङ्कालाई एक इनिङ्स र २ सय २२ रनले हराउँदै पाकिस्तानले शृङ्खलामा ुक्लिन स्वीपु गरेको हो । जितका लागि ४ सय १० रनको विशाल लक्ष्य पछ्याएको श्रीलङ्का चौथो दिनको चिया समयपछि १ सय ८८ रन बनाउँदा अलआउट भयो । श्रीलङ्काका एन्जेलो म्याथ्युजले सर्वाधिक ६३ रन बनाए । बलिङतर्फ पाकिस्तानका नोमन अलीले ७ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलङ्का पहिलो इनिङ्समा १ सय ६६ रनमै अलआउट भएको थियो । श्रीलङ्काका धनन्यज डी सिल्भाले सर्वाधिक ५७ रन बनाएका थिए । बलिङतर्फ पाकिस्तानका अबरर अहमदले ४ र नसीम शाहले ३ विकेट लिएका थिए ।

पाकिस्तानले भने पहिलो इनिङ्समा ५ विकेट गुमाएर ५ सय ७६ रन बनाउँदै इनिङ्स सकिएको घोषणा गरेको थियो । पाकिस्तानका अब्दुल्लाह शफिकले दोहोरो शतक बनाएका थिए । यस्तै अघा सलमानले नटआउट १ सय ३२ र मोहम्मद रिजवानले नटआउट ५० रन बनाएका थिए । बलिङतर्फ श्रीलङ्काका असिथा फर्नान्डोले ३ विकेट लिएका थिए ।

 


प्रतिकृया दिनुहोस्