
काठमाडौं, साउन ४- संसद घेराउ गर्न गएका मिटरव्याजी पीडितहरू पक्राउ परेका छन् ।
निषेधित क्षेत्र तोडेर संसद घेराउ गर्न नयाँ बानेश्वर पुगेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले १० जनाभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको हो । हालै संसदबाट पास भएको मिटरब्याजसम्बन्धी विधेयक आफ्नो पक्षमा नभएको भन्दै पीडितहरू काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका छन् ।
उनीहरूले पीडितलाई न्याय दिनेभन्दा पनि साहुलाई संरक्षण गर्ने कानुन ल्याएको भन्दै सरकारको विरोध गर्दै आएका छन् ।


















