Skip

Hamro Sanchar

काठमाडौं महानगरले भत्कायो भद्र घले सेवा सदन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, ३ गते


काठमाडौं, साउन ३ । काठमाडौं महानगरपालिकाले काठमाडौं अनामनगरस्थित भद्रकुमारी घले सेवा सदन भत्काएको छ ।

सार्वजनिक जग्गा अतिक्रमण गरेर भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेको भन्दै महानगरले सो स्थानमा रहेका संरचना भत्काएको हो । सेवा सदनमा रहेका सामानहरुलाई सुरक्षित साथ भद्रकुमारी घलेको निवासमा पुराइएको महानगरले जनाएको छ भने त्यहाँ रहेका शिक्षा सदनलाई महानगरको शिक्षा विभागले व्यवस्थापन गर्ने काठमाडौं नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

त्यस्तै सोहि स्थानमा रहेका असक्तहरुलाई मानव सेवा आश्रममा राखिने उनले बताए । यसअघि महानगर प्रहरीले भवन खाली गर्न सूचित गरेको र खाली नभएपछि बाध्य भएर भवन भत्काउनुपरेको महानगरले जनाएको छ ।


प्रतिकृया दिनुहोस्