Skip

Hamro Sanchar

सिनामंगलमा शंकास्पद वस्तु फेला, एक जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, ३ गते


काठमाडौं, साउन ३- सिनामंगलमा आज बिहान शंकास्पद वस्तु फेला परेको छ । सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि उक्त शंकास्पद वस्तु फेला परेको हो ।

प्रहरीले ज्वेलर्स अगाडी शङ्कास्पद बस्तु राखेको आरोपमा एक युवकलाई पक्राउ समेत गरेको छ ।

सिसिटिभी फुटेजका आधारमा रौतहटका २८ वर्षीय खजन्ती पासवानलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । यद्यपि शङ्कास्पद बस्तुमा बम भने नरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्