Skip

Hamro Sanchar

अमेरिकी सहायक विदेशमन्त्री लु नेपालमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, २९ गते


काठमाडौं, असार २९– अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आएका छन् । अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एसियासम्बन्धी मामिला हेर्ने लु दक्षिण एसियाली देशकाे भ्रमणका क्रममा केहीबेरअघि काठमाडौंकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

उनले आजै दिउँसाे ४ बजे परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदसँग भेट गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । भेटमा लुले पाँच सय मिलियन अमेरिकी डलर अनुदानको एमसीसी परियोजना कार्यान्वयनको अवस्था, दुई देशबीचको सम्बन्धलगायत विषयमा कुराकानी गर्ने तयारी छ ।

यसअघि नेपाल सरकारले अमेरिकी कार्यक्रम एसपीपी (स्टेट पार्टनरशिप प्रोग्राम) लाई अघि नबढाउने निर्णय गरेपछि लुले नेपाल भ्रमण गरेका थिए । एमसीसी सम्झौता नेपालको संसदबाट अनुमोदन हुनु चार महिनाअघि पनि लु नेपाल आएका थिए ।


प्रतिकृया दिनुहोस्