Hamro Sanchar

ललितानिवास प्रकरण : सञ्चार मन्त्रालयका सचिव राउत पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, २४ गते


काठमाडौं, असार २४- ललितानिवास जग्गा हिनामिना प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । आइतबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले राउतलाई पक्राउ गरेको हो ।

उनलाई आइतबार त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको हो।

उनी भौतिक योजना मन्त्रालयमा शाखा अधिकृतका रूपमा कार्यरत रहँदा यस प्रकरणमा जोडिएका थिए । त्यति वेला विशिष्ट व्यक्तिको आवास विस्तारको नाममा जग्गा हिनामिना भएको थियो ।


प्रतिकृया दिनुहोस्