Hamro Sanchar

गुडिरहेको बसमा करेन्ट : गम्भीर घाइते भएका बस धनीको पनि मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, २१ गते


सल्यान, असार २१- सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोला नजिकै गुडिरहेको यात्रुवहाक बसमा बसमा करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दाङको तुलसीपुरबाट रोल्पाको दलसिंगे जाँदै गरेको रा १ ख ८३४ नम्बरको बसमा बिहीबार करेन्ट लागेको हो ।

घटनामा रोल्पाको दलसिंगेका बाबु बालाराम डाँगी र छोरा टोपलाल डाँगीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस्तै घटनामा गम्भीर घाइते भएका बसका मालिक छत्रेश्वरी–६ का ३६ वर्षीय महेन्द्र ओली ओलीको पनि मृत्यु भएको छ ।

बुधबार राति हावाहुरी र पानी आउँदा सडक छेउको बिजुलीको तारमा रुख ढलेको थियो । सडकबाट बस पार हुँदा बिजुलीको तारमा छोएर करेन्ट लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

बसमा २० देखि २५ जना सवार भएको जनाइएको छ ।


प्रतिकृया दिनुहोस्