Hamro Sanchar

सवारी दुर्घटनामा घाइते सुदूरपश्चिमका कानूनमन्त्री सिंहको निधन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, ५ गते


कैलाली, असार ५- बझाङको केदास्यु गाउँपालिका–१ को धारछडामा गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ ।

मंगलबार दुर्घटनामा परि गम्भिर घाइते भएका सिंहलाई थप उपचारका लागि हेलीकोप्टरबाट नेपालगञ्ज लगिएको थियो । सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।

सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी भरत बोहराले सिंहको उपचारका क्रममा मेडिकल कलेजमा मृत्यु भएको जानकारी दिए ।

अस्पतालले मन्त्री सिंहलाई ५ बजेर ३३ मिनेटमा मृत घोषणा गरेको हो ।

दुर्घटनामा परेका मन्त्री सिंहकी पत्नी अमृता सिंह र उनकी भाउजू जयादेवी सिंहको भने बझाङको केदारस्युँ गाउँपालिकामा रहेको देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका मन्त्रीका पीएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरूको अवस्थामा पनि गम्भिर रहेको अस्पतालले जनाएको छ ।


प्रतिकृया दिनुहोस्