Hamro Sanchar

शिरखोलामा जीप दुर्घटना हुँदा एक जनाकाे मृत्यु, ९ जना घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, १ गते


दाङ, असार १- राप्ती राजमार्ग अन्तर्गत दाङको शिरखोलामा आज बिहान जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । तुलसीपुरबाट राेल्पाका लागि छुटेकाे रा १ ज ५५६ नम्बरकाे जीप तुलसीपुर उपमहानगरपालिका वडा नं ३ शिरखोलामा दुर्घटना हुँदा चालक विष्णु पुनको मृत्यु भएको हाे ।

दुर्घटनाका घाइते गंगादेव-१ बिवाङका २३ बर्षीय बलबहादुर वली, सोही वडा निवासी ३२ बर्षीया गौशला वली, सल्यानको छत्रेश्वरी गाउँपालिकाकी २१ बर्षीया गीता बिक, बिकका ७ बर्षीय छोरा पवन बिक, ६ बर्षीया छोरी स्नेहा बिक र दाङको तुलसीपुर उपमहानगरपालिका-१५ का ३३ बर्षीय खुसीराम चौधरीलाई राप्ती प्रादेशिक अस्पतालको प्रारम्भीक उपचार पछि थप उपचारका लागि नेपालगंज नरसिंह होममा रिफर गरिएको छ ।

भने गंगादेव-१ ओतका ४२ बर्षीय दुलबहादुर वली, सोही वडाकी मध्यम अवस्थाकी २० बर्षीया रिता डाँगी र छिमेकी देश भारतको बंगाल कलकत्ताका ३० बर्षीय सादाम हुसेनको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिकृया दिनुहोस्