Hamro Sanchar

यही बर्खामा बंगलादेशलाई बिजुली बेच्ने नेपालको तयारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, ३१ गते


Advertisement

काठमाडौं, जेठ ३१- नेपालले यही वर्षा याममा बंगलादेशमा विद्युत् निर्यात गर्ने तयारी गरेको छ । सोही अनुसार नेपालले भारत र बंगलादेशसँग त्रिपक्षीय सम्झौताका लागि तयारी गरिरहेको छ ।

नेपालमा मनसुनको समय सुरु हुँदै छ । वर्षायाममा नेपालको विद्युत उत्पादन २ हजार ६ सय ६७ मेगावाटसम्म पुग्ने गर्छ ।

नेपालको माग चाहिँ योभन्दा निकै कम भएकाले नेपालले यसै बर्खामा निर्यातको चाहना राखेको हो । गत दुई वर्षमा पनि नेपालले भारतमा बिजुली निर्यात गरेको थियो । तर, अहिलेसम्म ४ सय ५० सय मेगावाटसम्म मात्रै भारत निर्यात भएको छ । यसपालि त्यसको दोब्बर निर्यात गर्ने र बंगलादेशसँग विद्युत व्यापार सुरुवात गर्ने योजना छ ।

तर त्यसको लागि छोटो समयमै नेपालले थप सहमतिहरु गर्न आवश्यक छ । उर्जा मन्त्रालयका अनुसार नेपाल र भारतबीच थप सम्झौता हुन बाँकी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने प्रारम्भिक सम्झौता भएको छ ।


प्रतिकृया दिनुहोस्