Hamro Sanchar

दुई वटा भैंसी चोरेको आरोपमा एक जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, २३ गते


काठमाडौं, जेठ २३- धनुषामा दुई वटा भैंसी चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रहरीले सोमबार चोरिएको दुई वटा भैंसीसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।

मिथिला विहारी नगरपालिका-७ तारापट्टी टोलबाट ३७ वर्षीय बलि मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।

उनले सोमबार राति १० बजे भैंसीलाई पैदल हिँडाएर जनकपुर तर्फ लगिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उक्त भैंसी मिथिला विहारी नगरपालिका-६ पथरा टोलमा बस्ने सुबल यादवको गोठबाट आइतबार राति चोरी भएको थियो ।

चोरी भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षक र इलाका प्रहरी कार्यालय तारापट्टीबाट प्रहरी नायब निरीक्षकको कमान्डमा संयुक्त टोली खटिएको थियो ।

यस घटनामा संलग्न रहेको आरोपमा मुखियामाथि थप अनुसन्धान गर्न जिल्ला अदालत धनुषाबाट ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।


प्रतिकृया दिनुहोस्