Skip

Hamro Sanchar

नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहितविरूद्ध छ : रवि लामिछाने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, १७ गते


काठमाडौं, जेठ १७- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहित विरूद्ध रहेको बताएका छन् ।

रास्वपा सभापति लामिछानेले बुधबार फेसबुकमा लेख्दै नयाँ संसदमा छलफलसमेत नगराई नागरिकता विधेयक प्रमाणीकरण गरिएको उल्लेख गरेका छन् ।

‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराई, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमा विपरित, लोकतान्त्रिक संसदीय मूल्यमान्यता र राष्ट्रहित विरूद्ध छ,’ लामिछानेले भनेका छन् ।

सरकारको आग्रहमा राष्ट्रपति रामचन्द्र पौडेलले आज नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । गत जेठ १२ गते मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको थियो ।

संसदबाट यसअघि २ पटकसम्म नागरिकता विधेयक पारित भई राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गरेकी थिइनन् ।


प्रतिकृया दिनुहोस्