Hamro Sanchar

बसले कारलाई ठक्कर दिँदा डा.सञ्जु खड्कासहित दुई जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, १७ गते


कोहलपुर,जेठ १७- बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३३३५ नम्बरको बसले काठमाडौँबाट कोहलपुरतर्फ आउँदै गरेको बा १३ च ८२५३ नम्बरको कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुर, बाँकेले जनाएको छ ।

दुर्घटनामा कार चालक गोरखा, आँपपिपलका सुवास अधिकारी र सुर्खेतको वीरेन्द्रनगरकी अन्दाजी ५४ वर्षीया डा सञ्जु खाती खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । खड्का कर्णाली प्रदेश अस्पतालका कार्यकारी निर्देशक डा. डम्बर खड्काकी श्रीमती हुन् । प्रहरीले बसलाई नियन्त्रणमा लिएको छ ।


प्रतिकृया दिनुहोस्