बारा, जेठ १६- जीतपुरसिमरा उपमहानगपालिका-७ का वडा अध्यक्ष सुनिल गुप्ता प्रहरीको फरार सुचीमा छन्। गुप्तालाई जिल्ला प्रहरी कार्यालय बाराले अपराधिक उपद्रव मुद्दामा जेठ ४ गते पक्राउ पुर्जी जारी गरेको छ।
तर, गुप्ताले भने पार्टीका शिर्ष नेतालाई भेटेको तस्बिर सार्वजनिक गरेका छन्। फरार रहेकै अवस्थामा जेठ १५ गते काठमाडौँको बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको तस्बिर उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन्।
गुप्ता भागेर काठमाडौ गएको प्रहरीले जानकारी पाएको छ ।
गुप्ताविरुद्ध जीतपुरसिमरा ७ का राजु गिरिले उजुरी दिएका थिए। सोही आधारमा वडा अध्यक्ष गुप्ता उनका भाई अनिल गुप्ता, मनोज गुप्ता, सुनिल साह लगाएत ६ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो।
प्रहरीले मनोज गुप्ता, सुनिल साह नियन्त्रणमा राखेर अनुसन्धान गरिएको छ भने वडा अध्यक्ष र उनका भाईसहित फरार रहेका अन्य चार जनालाई खोजिरहेको छ।
बैशाख १८ गते व्यक्तिगत रिसवी साधनको लागि वडा अध्यक्ष गुप्ताले जीतपुर निवासी राजु गिरीको घरमा लुटपाटको प्रयास गर्नुको साथ साथै घर अगाडी रहेको शहरी विकास मन्त्रालयको लाखौ बजेट रकमबाट ढलान गरिएको बाटो नै खनेर निजी र सार्वजनिक सम्पत्तिलाई हानी नोक्सानी गरेको पीडितहरुको आरोप छ।
अपराधिक उपद्रव मुद्दामा अदालतले दोषी ठहरिएमा तीन बर्षसम्मको कैद सजाए गर्न सकिने कनुनी व्यवस्था रहेको छ।