काठमाडौं, बैशाख १६- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित मुलपानी क्रिकेट मैदानले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको छ ।
काठमाडौंमा भैरहेको एसीसी प्रिमियर कप त्रिकेटमा एकदिवसीय मान्यता पाएका दुई देश ओमान र यूएईबीच सेमिफाइनल खेल भएसँगै मूलपानीले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको हो ।
मूलपानी मैदान एकदिवसीय मान्यता पाउने नेपालको दोस्रो मैदान बनेको छ । आइसिसीले विभिन्न मापदण्ड पूरा गरेपछि मात्र मैदानलाई एकदिवसीय मान्यता प्रदान गर्छ।
नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको मैदान कीर्तिपुर हो । माथिल्लो मूलपानी मैदानमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २००८ मा एकेडेमी सञ्चालनको लागि निर्माण सुरुवात गरेको थियो ।