Skip

Hamro Sanchar

चुनाव जितेपछि वाग्लेको प्रतिवद्धता : जनताले दिएको मतको गुन विकास गरेर तिर्छु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, १२ गते


काठमाडौं । तनहुँ-१ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले मतदाताको गुन विकास गरेर तिर्ने बताएका छन् । निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै वाग्लेले तनहुँ र देशको विकास गरेर मतदाताको गुन तिर्ने बताएका हुन् ।

आफूले तनहुँको मात्र नभई देश विकासका मुद्दा उठाउने उनले बताए । ‘स्थानीयमात्र नभई देशको मुद्दासमेत उठाउनेछु,’ उनले भने, ‘जनताले दिएको मतको गुन यहाँको विकास गरेर तिर्नेछु ।’सांसद वाग्लेले आफूले तनहुँले गर्व गर्न लायक काम गर्ने प्रतिबद्धता पनि जनाए ।


प्रतिकृया दिनुहोस्