काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। अर्का प्रत्याशी उमेशलाल श्रेष्ठले उम्मेदवारी फिर्ता लिएसँगै अन्जन निर्विरोध महासंघको वरिष्ठ उपाध्यक्ष चुनिएका हुन्।
पहिलो चरणमा तीन जनाले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणमा निर्वाचन हुने भनिएकोमा उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठबीच सहमति भएको हो। सहमति जुटेसँगै उमेशलालले अन्जनलाई समर्थन गरेका हुन्।