काठमाडौं । नेपाल पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटको पहिलो चरणबाटै बाहिरिएको छ । शनिबार घरेलु मैदान दशरथरंगशालामा भियतनामसँगको दोस्रो खेलमा पनि पराजित भएसँगै नेपालको यात्रा टुंगिएको हो ।
नेपाल शनिबार भियतनामसँग ०–२ गोल अन्तरले पराजित भयो । पहिलो खेलमा नेपाल यसअघि भियतनामसँग १–५ गोल अन्तरले पराजित भएको थियो ।
शनिबार भियतनामको जितमा फाम हाइ यनले दुई गोल गरिन् । फामले खेलको पहिलो हाफमा दुई मिनेटको फरकमा गरेको दुई गोल निर्णायक रह्यो । उनले खेलको छैटौं र सातौ मिनेटमा गोल गरेकी थिइन् ।
जितपछि भियतनाम एसिया छनोटको दोस्रो चरणमा पुगेको छ ।