Skip

Hamro Sanchar

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, २३ गते


काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ । आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७८ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विध्येक टेबुल गर्ने कार्यसूची छ ।

यस्तै आजकै बैठकबाट सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूलाई मनोनीत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले लोक सेवा आयोगको ६३ औं वार्षिक प्रतिवेदन पेस गर्नेछन् ।


प्रतिकृया दिनुहोस्