Skip

Hamro Sanchar

कांग्रेससँग मिल्दैनौं भनेर कसम खाएका छैनौं : अध्यक्ष ओली

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, २५ गते


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग मिल्न सक्ने बताएका छन्। राष्ट्रपति निर्वाचनका क्रममा संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले कांग्रेससँग मिल्न सक्ने बताएका हुन्। यस्तै, अध्यक्ष ओलीले नमिल्ने भनेर कसम नखाएको बताएका हुन्।

उनले भने, ‘कांग्रेससँग हामी मिल्न सक्छौं। मिल्दैनौं भनेर कसम खाएका छैनौं। राजनीतिमा जुनसुकै सम्भावना कायमै रहन्छ।’


प्रतिकृया दिनुहोस्