काठमाडौं । यूएईले आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत नेपालमा हुने अन्तिम त्रिदेशीय सिरिजको लागि राष्ट्रिय टिमको घोषणा गरेको छ । यूएईले मंगलबार मोहम्मद वासिमको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो ।
यूएईको टिममा तीन जना खेलाडी परिवर्तन भएको छ । अश्वन्त भालथापा, आर्यन्श शर्मा र जावार फरिदले टिममा स्थान बनाएका छन् भने अलिशान शराफु, राहुल भाटिया र सबिर अली टिमबाट बाहिरिएका छन् ।
यूएईका मुख्य प्रशिक्षक रोविन सिंहले नेपालमा हुने त्रिदेशीय सिरिज महत्वपूर्ण रहेको भन्दै शतप्रतिशत जित निकाल्ने लक्ष्य रहेको बताएका छन् । उनले भने, ‘नेपालमा हुने सिरिज हाम्रो लागि अर्को महत्वपूर्ण सिरिज हो । हाम्रो उद्देश्य भनेको राम्रो नतिजासहित लिग टु सकाउने हो ।’
त्रिदेशीय सिरिजको लागि यूएईको राष्ट्रिय टिम
मोहम्मद वासिम (कप्तान), आयन खान, आर्यन लाक्रा, अश्वत भालथापा, आसिफ खान, अर्यान्श शर्मा, सिपी रिज्वान, हज्रात विलाल, जुनाइद सिद्धिक, कार्थिक मैयाप्पन, रोहन मुस्तफा, भ्रित्या अरभिन्द, जाहोर खान र जावर फरिद ।