काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच वार्ता जारी छ ।
दुई नेताहरुबीच राष्ट्रपति निर्वाचनलाई लिएर गठबन्धनका दलहरुबीच देखिएको बेमेलका बारेमा छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति चयनमा राष्ट्रिय सहमति हुनुपर्ने अडान लिएपछि नेकपा एमालेलगायत सत्ता गठबन्धनका दलहरू रुष्ट रहँदै आएका छन् ।