काठमाडौँ । प्रतिपक्षी दलहरूले राष्ट्रिय सभाको उपाध्यक्षका उम्मेदवार आइतबार बिहानसम्म टुंगो लगाउने भएका छन्। शनिबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालमया आयोजित विपक्षी दलहरूको बैठकले राष्ट्रियसभाको उपाध्यक्ष पदमा विपक्षी दलका तर्फबाट भोलि बिहानसम्म उम्मेदवार तोक्ने निर्णय गरेको हो।
राष्ट्रियसभा उपाध्यक्ष चयनका लागि यही माघ २३ गते निर्वाचन हुँदैछ। विपक्षी दलहरूको बैठकपछि कांग्रेस संसदीय दलको प्रमुख सचेतक रमेश लेखकले भने, ‘मूलतः राष्ट्रियसभा उपाध्यक्षका विषयमा सल्लाह भयो, भोलि बिहानसम्म निर्णय गर्छौं।’