Hamro Sanchar

वेद मानव रचित होइन् दैवी देन हो : अध्यक्ष ओली

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, ८ गते


Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा शर्मा ओलीले वेद मानव रचित नभई दैवी देन भएको बताएका छन्। ‘वेद कसले रच्योरु वेदका रिचाहरुबारे कसले रच्यो भन्ने कुरा थाहा छैन,’ उनले भने ।

आइतबार एमाले निकट आयुर्वेद स्वास्थ्यकर्मीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आयुर्वेदसमेत किंवदन्ती भएको बताएका हुन्। उनले घाइते देउताहरुको उपचारका गर्नका लागि अनेक ऋषिहरुले आयुर्वेदको विकास भएको मान्यताबारे उल्लेख गरेका छन्। आयुर्वेदले पुनर्जन्मको ठेक्का नलिने बताउँदै भ्रुण अवस्थादेखि नै कसरी स्वस्थ भएर बाँच्ने भन्ने कुरामा जोड दिनुपर्ने बताए।

‘मान्छे स्वस्थ होस् र रोग लागिहाल्यो भने उपचार गर्न सकियोस् भन्ने हेतुले आयुर्वेदको विकास भएको हो। अन्धविश्वाससँग आयुर्वेदको कुनै सम्बन्ध छैन। तर यसको सुरुवात भने कहिलेदेखि भएको भन्ने यकिन छैन,’ अध्यक्ष ओलीले भने।


प्रतिकृया दिनुहोस्