Hamro Sanchar

संसदमा सिके राउतको प्रश्न : कस्तो खालको राष्ट्रिय सहमति खोज्नुभएको हो ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, ५ गते


Advertisement

काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले पदका लागि नभइ देशलाई संकट परेको बेलामा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्।

बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पदका लागि नभइ देशलाई संकटबाट बाहिर लैजान राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए। उनले राष्ट्रिय सहमति के का लागि हो भन्दै सदनमा प्रश्नसमेत गरेका छन् ।

उनले मधेसवादी दलहरुदलाई बाहिर राखेर कस्तो खालको राष्ट्रिय सहमति खोज्नुभएको हो भन्दै प्रश्न गरेका छन्। उनले अनुहार, जाति र समुदाय भन्दा माथि उठेर राष्ट्रिय सहमति खोज्न आग्रह गरेका छन्।

‘सभामुखको निर्वाचनको रुपमा विभिन्न दलबाट उम्मेदवार आउनुभएको छ । राष्ट्रिय सहमतिको लागि कुरा ल्याए । यो केका लागि पदको लागि मात्रै हो की , देश संकटको लागि पनि राष्ट्रिय सहमतिको कुरा गर्न मिल्दैन । पदको लागि मात्रै किन कुरा रु दल भन्दा माथिको कुरा गरिन्छ’, उनले भने, ‘कस्तो खालको राष्ट्रिय सहमति होरु मधेसी पार्टीलाई धकेलेर खोज्नुभएको हो। हामी दल भन्दा माथि उठ्छौँ तर तपाईहरु एउटा अनुहार, जातिको मुखौटो भन्दा माथि उठ्न सक्नुहुन्छ की हुँदैन रु त्यो ठूलो कुरा हो,’ उनले भने।

सांसद राउतले माघ ५ गते मधेस आन्दोलनका शहीदहरुलाई सम्मान गर्न संसदमा १ मिनेट मौनधारण गर्न आग्रह गरेका थिए। जसमा संसदमा उपस्थित अधिकांश दल र सांसदहरुले १ मिनेट उठेर मौन धारण गरेका थिए।


प्रतिकृया दिनुहोस्