Hamro Sanchar

रास्वपाबाट शिक्षामन्त्रीमा खनाल, श्रममन्त्रीमा अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा कार्की

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, ३ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रास्वपाले भागबन्डामा तीन मन्त्रालय पाएको छ । रास्वपाले शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा.तोसिमा कार्कीलाई पठाउने भएको छ ।

सत्तागठबन्धनमा मन्त्रालय भागबन्डा टुंगिएपछि मंगलबार बिहान पार्टी सभापित रवि लामिछानेले सरकारमा पठाउने मन्त्रीको टुंगो गरेका हुन् । पप्रधानसहित गृहमन्त्रीको रुपमा लामिछाने यसअघि नै सरकारमा सामेल भइसकेका छन् ।

शिक्षामन्त्री बन्न लागेका खनाल काठमाडौं(६ बाट निर्वाचित सांसद हुन् । अर्याल भने समानुपातिक सांसद हुन् । स्वास्थ्य राज्यमन्त्री बन्न लागेकी कार्की ललितपुर–३ बाट निर्वाचित सांसद हुन् ।


प्रतिकृया दिनुहोस्