Skip

Hamro Sanchar

यती एयर विमान दुर्घटना : ४८ शव काठमाडौं ल्याइँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, ३ गते


काठमाडौं । पोखरा विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइँदैछ । केहीबेरमा हेलिकप्टरबाट शव काठमाडौं ल्याउन लागिएको हो ।

पोखरामा सनाखत हुन नसकेका र विदेशी नागरिकका शव काठमाडौं प्रहरी प्रतिष्ठानमा ल्याउन लागिएको हो । सनाखत भएका २२ शव पोखराबाटै आफन्तको जिम्मा लगाइँदैछ भने ४८ शव काठमाडौं ल्याउन लागिएको हो । दुर्घटनाग्रस्त विमानमा चार जना चालक दलका सदस्यसहित ७२ जना सवार रहेकोमा २ जनाको अवस्था अझै अज्ञात छ ७० जनाको शव फेला परेको छ ।

आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको आरटीआर विमान सेती खोंचमा दुर्घटना भएको थियो । हालसम्म पोखरामा डाक्टर गणेश थापा र सदाकत मियाँको शव पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको छ । बाँकी २० जनाको शव आजै बुझाउने तयारी भइरहेको छ ।


प्रतिकृया दिनुहोस्