Hamro Sanchar

घनश्याल भूसाल एकीकृत समाजवादीको महासचिव बन्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, २६ गते


Advertisement

काठमाडौं । नेकपा एकीकृत समाजवादीले एमाले छाडेका नेता घनश्याम भूसाललाई प्रवेश गराएर महासचिव बनाउने तयारी गरेको छ। एक÷दुई दिनमा भूसाललाई पार्टी प्रवेश गराउनेगरी तयारी भएको पार्टी उपमहासचिव विजय पौडेलले जानकारी दिएका छन् ।

पार्टी प्रवेशको छलफलका लागि भुसालले गत सोमबार एक ‘कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रुपान्तरण तथा एकीकरणका लागि प्रस्ताव’ नामक दस्तावेज पार्टीमा बुझाएका थिए।

उनले दस्तावेजमार्फत समाजवादीको प्रस्तावमा आफू सकारात्मक रहेको बताएका छन्। तर, उनले त्यसका लागि पार्टीको तत्कालिन र दीर्घकालिन कार्यनीति र सिद्धान्तलाई परिस्कृत गर्नुपर्ने शर्त राखेका छन्।

उनको शर्तमाथि पार्टीमा छलफल सकारात्मक भइरहेको एक नेताले जानकारी दिएका छन्। ती नेताका अनुसार पार्टीका केही बैठकमा सहभागी गराएर भूसाललाई महासचिव बनाउने तयारी छ।

‘एमाले छाड्नुअघि उनी एमालेको अर्थ तथा योजना समितिको संयोजक थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि उनी रुपन्देही–१ बाट कांग्रेस र माओवादीको समर्थनमा चुनावी मैदानमा थिए। तर, उनलाई एमालेका छविलाल विश्वकर्माले पराजित गरेका थिए ।

 


प्रतिकृया दिनुहोस्