Hamro Sanchar

नयाँ संसदले संविधानको रक्षा, कार्यान्वयन र गणतन्त्रको सबलीकरण गर्नुपर्छ : शेरबहादुर देउवा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, २५ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले नयाँ संसदले संविधानको रक्षा, कार्यान्वयन र गणतन्त्रको सबलीकरण गर्नुपर्ने बताएका छन् । संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै देउवाले संसदमाथि धेरै अभिभारा भएको भन्दै रचनात्मक बन्नुपर्ने जिम्मेवारी भएको बताएका हुन् ।

‘नयाँ संसदले संविधानको सुरक्षा, कार्यान्वयन, गणतन्त्रको सबलीकरणमा योगदान गर्न सक्नुपर्छ,’ देउवाले भने, ‘हामी सबै सफल हुन सकौं ।’ आफ्नो नेतृत्वको सरकारले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको चुनाव गराएर लोकतन्त्रलाई एउटा बाटोमा हिँडाएको देउवाले बताए ।

आफ्नो पार्टीलाई ठूलो दल बनाएको भन्दै देउवाले नागरिक र मतदातालाई धन्यवाद दिए । देश र जनताको लागि ठूलो दलको रूपमा कांग्रेस रचनात्मक बन्ने पनि देउवाले बताए ।


प्रतिकृया दिनुहोस्