Skip

Hamro Sanchar

बाम एकताका लागि एकीकृत समाजवादी निकट युवा संघले लियो पहलकदमी

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, २३ गते


काठमाडौं, पुस २३- नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको केन्द्रिय नेतृत्वको टोलीले नेता एमालेका पुर्व र वर्तमान नेताहरूलाई दैनिक जसो भेट गरिरहेका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा टिकट नपाएपछि नेकपा एमाले पार्टी त्याग गरेका नेता घनश्याम भुसाल र बामदेब गौतमलाई भेट गरेका थिए । आज एमाले अध्यक्ष केपि वलि सङ रुष्ट रहेका नेता भिम रावल सङ भेट गरेका छन् ।

युवा संघ नेपालका अध्यक्ष तथा प्रदेश सांसद नरेश शाही, नेकपा समाजवादीका केन्द्रीय सदस्य हस्त शाही लगायत संघका पदाधिकारीहरूले भेट गरी समग्र कम्युनिस्ट आन्दोलन, समसामयिक राजनीति अवस्था साथै विविध अवस्थाबारे छलफल गरेको संघका महासचिव दीपक जिएमले बताए ।

विभिन्न पार्टीका नेता कार्यकर्तासँगको भेटघाटमा व्यस्त रहेका भुसाल, मौन रहेका गौतम र रुष्ट रहेका रावललाई पार्टीमा ल्याउन प्रयत्न गरिएको उपस्थित एक नेताले खुलासा गरेका छन् ।


प्रतिकृया दिनुहोस्