Hamro Sanchar

एकीकृत समाजवादीले वामपन्थी एकताको प्रयास गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, १९ गते


Advertisement

काठमाडौं, पुस १९- नेकपा (एकीकृत समाजवादी) पार्टीले वामपन्थी दलहरूको एकताका लागि प्रयास गर्ने भएको छ । मंगलबार सम्पन्न सो पार्टीको पोलिटब्युरो बैठकले वामपन्थी एकता, सहकार्य र मोर्चा निर्माणबारे ठोस पहलकदमी गर्न पार्टी केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘सहकार्य गर्ने, मोर्चा बनाउने र वामपन्थी जनमतहरूलाई एक ठाउँमा ल्याउने विषयको केन्द्रमा रहेर काम गर्ने कुरामा सधैँभरि प्रतिबद्ध छौँ,’ उनले भने, ‘यसका लागि हाम्रो पोलिटब्युरोले केन्द्रीय सचिवालयलाई गृहकार्य गर्नका निम्ति अनुमति प्रदान गरेको छ ।’

साे पार्टी सरकारबारे भने अनिर्णयको बन्दी बनेको छ । ४ दिनसम्म बसेको स्थायी समिति र पोलिटब्युरो बैठकले सरकारबारे कुनै धारणा बनाउन नसकेको हो । बरु उसले अनिर्णयको बन्दी बन्दै सचिवालयलाई पञ्छाएको छ ।


प्रतिकृया दिनुहोस्