Skip

Hamro Sanchar

राहदानी वितरण अनिश्चितकालका लागि बन्द

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, १९ गते


काठमाडौं, पुस १९- राहदानी वितरण अनिश्चितकालका लागि बन्द भएको छ । विभागको सिस्टममा समस्या आएकाले आवेदनको अवस्था हेर्नृे र राहदानी वितरण कार्य अवरुद्ध भएको विभागकी प्रवक्तासमेत रहेकी निर्देशक दुरपदा सापकोटाले जारी गरेको सूचनामा उल्लेख छ ।

१७ पौषदेखि विभागको सिस्टममा समस्या आएको सूचनामा उल्लेख छ । सिस्टम पूर्ण रुपमा सुचारु हुन केही समय लाग्ने भन्दै विभागले अर्को सूचना जारी नहुँदासम्म राहदानी लिन नआउन सेवाग्राहीलाई आग्रह गरेको छ ।

यद्यपि, राहदानी आवेदनका लागि ‘अपोइन्टमेन्ट डेट’ बुक गरेका सेवाग्राहीलाई भने तोकिएकै मितिमा बायोमेट्रिकका लागि उपस्थित हुन सूचनामा आग्रह गरिएको छ ।


प्रतिकृया दिनुहोस्