Hamro Sanchar

कुवेतमा एक नेपाली महिला ५ महिना देखि अचेत अवस्थामा अस्पतालमा, को हुन् उनी ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, १९ गते


काठमाडौं, पुस १९- घरेलु कामदारको रुपमा कुवेत पुगेकी एक नेपाली महिला बिगत ५ महिना देखि अस्पतालमा अचेत अवस्थामा छट्पटाइरहेकी छिन् । प्युठान जिल्ला झिम्रुक गाउँपालिका-५ ओखरकोट, बिसरे घर भएकी ४७ बर्षिया तुलसा जीसी त्यहाँको आदान अस्पतालमा अचेत अवस्थामा उपचार गराइरहेकी हुन् ।

विगत ४ वर्षअघि घरेलु कामदारको रुपमा कुवेत पुगेकी तुलसा कसरी अस्पताल पुगेकी हुन् खुल्न सकेको छैन ।

राहदानी नम्बर ०५८९९४१९ रहेकी तुलसा आदान अस्पतालको PICU बेड नम्बर ३२ मा अचेत अवस्थामा उपचाररत रहेकी बुझिएको छ ।

उनलाई के भएको हो ? कस्ले अस्पताल भर्ना गर्यो ? कहिलेसम्म राख्ने हो कुनै जानकारी नेपालमा परिवारले नपाएको भीम उपाध्यायले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् ।

कुवेतमा तुलसाका आफन्त कोही छैनन् । भने परराष्ट्र मन्त्रालय, कुवेतका लागि नेपाली राजदूतावास कहाँ छ उनलाई थाहा छैन । तर परराष्ट्र मन्त्रालय र राजदुताबासमा निवेदन दिदा कुनै वास्ता नगरेको परिवारको गुनासो छ ।

गैरआवासीय नेपाली संघ कुवेत, नेपाली राजदूताबास, बैदेशिक रोजगार बिभाग, तुलसालाई कुवेत पठाउने म्यानपावर एजेन्ट र कुवेतमा रहेका नेपाली संघसंस्था तथा नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई अस्पतालमा अलपत्र अवस्थामा रहेकी तुलसाको उद्धार गरेर नेपाल पठाउने ब्यवस्था मिलाउदिन अपील गरिएको छ ।

नोट : नेपालमा तुलसाको आफन्तको सम्पर्क जेरी ताम्राकार- +९७७-९८५७०३४१७९ 


प्रतिकृया दिनुहोस्