Hamro Sanchar

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी, सरकार बारे निर्णय गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, १६ गते


Advertisement

काठमाडौं, पुस १६- नेकपा एकीकृत समावजादीले तत्काल कुनै पार्टीसँग एकता नहुने बताएको छ । सरकारमा जाने अथवा नजाने भन्ने विषयमा निर्णय गर्न बसेको पार्टी स्थायी कमिटीको बैठकमा सहभागी स्थायी कमिटी सदस्य भविश्वर पराजुलीले अहिलेको अवस्थामा एमालेलगायत कुनै पनि पार्टीसँग एकता नहुने जानकारी दिएका हुन् ।

नेकपा एसका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाउने कुरामा सत्यता नरहेको पनि उनले जानकारी दिए । स्थायी कमिटी बैठक जारी रहेको र भोलिसम्म चल्नसक्ने उनले बताए ।

अध्यक्ष नेपालले बैठकमा एजेण्डा प्रस्तुत गरेपछि सम्मानित नेता झलनाथ खनालले ब्रिफिङ गरेको र अहिले स्थायी कमिटी सदस्यहरूले आ–आफ्नो धारणा राखिरहेको उनले जानकारी दिए ।

अध्यक्ष नेपालले राजनीतिक परिस्थितिबारे बेलैमा विचार नगर्दा अप्रत्याशित घटना भएर गठबन्धन भंग भएको बताएका छन् ।

उनले राजनीतिमा नयाँ किसिमको चुनौती देखापरेको र यसलाई आगामी दिनमा सम्बोधन गर्दै अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

यसअघि पनि अध्यक्ष नेपालले भर्चुअल बैठकबाट सरकारमा सहभागि हुने वा नहुने भन्नेबारेमा भुगोलका नेताहरूसँग छलफल गरेका थिए ।


प्रतिकृया दिनुहोस्