Hamro Sanchar

कांग्रेस एम्बापे भयो, सबैभन्दा बढी गोल गरेपनि ट्रफी अर्कैले लग्यो : विश्वप्रकाश शर्मा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, ११ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरूले सबैभन्दा बढी सिट जिते पनि कप चाहिँ अर्कैले उठाएको बताएका छन् ।

पोखरामा जारी नेपाल लिट्रेचर फेस्टिभलमा बोल्दै थापाले गएको विश्वकप फुटबलको उदाहरण दिँदै भने, ‘अस्तिको विश्वकपमा सबैभन्दा बढी गोल एम्बापेले हाल्यो । गएको मंसिर ४ मा सबैभन्दा बढी सिट कांग्रेसले जित्यो । तर के भयो भने एम्बापेले सबैभन्दा बढी गोल हानेर गोल्डेन बुट जित्यो, तर कप चाहिँ अर्कैले लग्यो ।’

आफूहरू एम्बापे भएर पोखरा आइपुगेको शर्माले बताएका छन् । अबको ५ वर्षपछि अहिलेको च्याम्पियनलाई डिफेन्डिङ च्याम्पियन बनाउने दाबी पनि शर्माको छ ।

उनले थप भने, ‘अहिले भएको कुरालाई अहिले नै बुझिँदैन । अलि समयपछि बुझिन्छ । जेजस्तो प्रकारको मिश्रण भएर सरकार बन्दै छ, यसलाई शुभकामना दिँदै गर्दा बडो संयमता, परिपक्ता र गहिरो विश्लेषणपूर्वक हामी अबको यात्रा तय गर्दैछौं । ’


प्रतिकृया दिनुहोस्