Hamro Sanchar

सकियो माओवादी केन्द्रको पदाधिकारी बैठक : नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, ११ गते


Advertisement

काठमाडौं, पुस ११- नेकपा माओवादी केन्द्रले पहिलो चरमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई मन्त्री बनाउने भएको छ । पेरिसडाँडामा बिहानबाट जारी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित सरकारमा पठाउने निर्णय गरेको हो । आज माओवादीको तर्फबाट नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रेष्ठले मात्र शपथ ग्रहण गर्ने भएका छन् ।

श्रेष्ठले कुन मन्त्रालय पाउने नयाँ सत्ता समीकरणको बैठकमा छलफलपश्चात टुंगो लाग्नेछ । आज उनले उपप्रधानमन्त्रीको रुपमा सपथ खानेछन् । अन्य मन्त्रीको बारेमा पुन छलफल गरेर टुंगो लगाउने भएको छ ।

माओवादीबाट श्रेष्ठ, उपमहासचिव बर्षमान पुन, महिन्द्र राय यादव र रेखा शर्मालाई मन्त्री बनाउनेबारे चर्चा रहेको छ । पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउन भूमिका खेल्ने श्रेष्ठ र पुनलाई सुरुमै मन्त्री बनाउने माओवादीका एक उच्च नेताले बताए । एमालेसँग सहकार्यमा सुरुदेखि नै नारायणकाजी श्रेष्ठ, देव गुरुङ र वर्षमान पुन खटिएका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको समर्थनमा ‘प्रचण्ड’तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । प्रचण्डलाई आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । उनको सोमबार ४ बजे शपथग्रहण तय गरिएको छ । आज अपराह्न चार बजे केही मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।


प्रतिकृया दिनुहोस्