Hamro Sanchar

देउवाले प्रचण्डलाई प्रधानमन्त्री छोडे हुने : गोकुल बाँस्कोटा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, ८ गते


Advertisement

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले अब बन्ने सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिन सुझाव दिएका छन् । देउवा-प्रचण्डबीच हानथाप परिरहेको बेला एमाले नेता बाँस्कोटाले प्रचण्डलाई प्रधानमन्त्री छाड्दिँदा गठबन्धनको गाँठो फुक्ने बताएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘नेपाली राजनीति फेरि पनि च्याँखे दाऊमै रमाउने देखिँदैछ। विकास, सरल र छरितो सेवा, बेरोजगारी र गरिबीलाई जित्नु पर्ने राजनीतिक दायित्वको जनमतको चहना केबल सत्ताको छिनाझम्टीमै सकिने भो । अस्थिरता नेपालको अभिशप्त नियति भो । देउवाले प्रचण्डलाई छोडे हुने । गठबन्धन नै गाँठो नपरोस् । शुभकामना।’

 


प्रतिकृया दिनुहोस्