काठमाडौं, पुस ८- शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
तोलाको एक लाख १५ रुपैयाँसम्म पुगेको सुनको भाउ शुक्रबार भने घटेको छ ।
अघिल्लो कारोबार दिन प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला १२ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापा वाल सुन प्रतितोला एक लाख १५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदी प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भएको थियो । बिहीबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो ।