काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आज निर्वाचनले बुझाउँदैछ। आयोगले निर्वाचन प्रतिवेदन सातै प्रदेशका प्रमुखलाई बुझाउन लागेको हो।
निर्वाचन प्रतिवेदन बुझाउन आयोगका पदाधिकारी प्रदेशका राजधानी पुगिसकेकाले दिउँसो १ बजे सबै प्रदेशका प्रमुखलाई प्रतिवेदन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
उनका अनुसार प्रतिवेदन बुझाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया प्रदेश १, आयुक्त सगुनशमशेर जबरा र सचिव गोकर्णमणि दुवाडी बागमती, आयुक्त इश्वरीप्रसाद पौडेल गण्डकी, आयुक्त रामप्रसाद भण्डारी लुम्बिनी, सहसचिव यज्ञप्रसाद भट्टराई कर्णाली र आयुक्त जानकीकुमारी तुलाधरले सुदूरपश्चिममा प्रतिवेदन बुझाउनेछन्।
प्रदेशसभातर्फ प्रत्यक्षबाट ३३० र समानुपातिकबाट २२० गरी ५५० जना निर्वाचित भएका छन्। आयोगले अन्तिम परिणम बुझाएपछि नयाँ सरकार गठनको ढोका खुल्ने बागमती प्रदेशका कानुनमन्त्री कृष्णप्रसाद खनालले बताए । यसअघि नै आयोगले प्रतिनिधिसभातर्फको निर्वाचन परिणम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको थियो।