Hamro Sanchar

गभर्नर अधिकारी भन्छन् : अर्थतन्त्र अप्ठ्यारोमा पर्दा ब्याजदर बढ्नु स्वाभाविक

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, २८ गते


Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र अप्ठ्यारोमा पर्दा ब्याजदर बढ्नु स्वाभाविक भएको बताएका छन् । आज बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३औँ वार्षिक साधारण सभामा अधिकारीले तरलता केही सहज बन्दै गएको उल्लेख गर्दै पुसमा केही असहज हुने बताएका हुन् ।

निजी क्षेत्र प्रताडित भएको बताउँदै सबैले समस्या भोग्नुपरेको अधिकारीले बताए । केही विकृति सच्याउँदै अघि बढ्नुपर्ने उनको भनाई छ । निजी क्षेत्रले राष्ट्र बैंकका नीतिमा हस्तक्षेप गर्न माग गरेकोमा भने असन्तुष्टि जनाएका छन् ।


प्रतिकृया दिनुहोस्