Hamro Sanchar

सुनको मूल्य तोलाको १ लाख रुपैयाँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, २७ गते


Advertisement

काठमाडौं । सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा प्रतितोला २ सय रुपैयाँले घटेर मंगलबार एक लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन सोमबार प्रतितोला एक लाख दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाल सुन ९९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिकृया दिनुहोस्