कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती आयोजनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चासो देखाएको बताएका छन् । सुदूरपश्चिम महोत्सवलाई सम्बोधन गर्दै उनले सो आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीले पाइसकेको बताए ।
उनले भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले म दिल्ली जाँदा होस् वा उहाँ लुम्बिनी आउँदा होस् पश्चिम सेती आयोजनाको बारेमा चासो राख्नुभएको छ । पश्चिम सेती भारतीय कम्पनीले निर्माणको लाइसेन्स पाइसकेको छ । त्यो भरपर्दो कम्पनी हो ठग्ने कम्पनी होइन ।’
पश्चिम सेती निर्माण सम्पन्न भइसकेपछि सुदूरपश्चिमको विकासमा ठूलो टेवा पुग्ने उनको भनाइ थियो ।