Hamro Sanchar

गठबन्धन गरेर राम्रै नतिजा आउँछ भन्ने थियो, सोचेभन्दा १०-१२ सिट कम आयो : प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, १७ गते


Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सोचेजति नतिजा नआएको बताएका छन् । निर्वाचनपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले प्रतिनिधिसभामा सोजेजति सिट नआएपनि प्रदेशमा भने सन्तोषजनक नतिजा आएको बताएका छन् ।

बैठकमा उनले भने-‘हामीले गठबन्धन गरेर राम्रै नतिजा आउँछ भन्ने थियो । सोचेजति सिट आएन प्रदेशमा सन्तोषजनक नतिजा आयो । हामीलाई संघमा ३० सिटभन्दा बढी आउँछ कि भन्ने थियो तर आएन । हामीले सोचेभन्दा १०-१२ सिट कम आयो । कांग्रेसबाट जति भोट ट्रान्सर्फर हुनुपर्ने हो भएन । अरु स्वतन्त्र भन्नेहरू आए । अब आफ्नै पार्टी बलियो र व्यवस्थित बनाउनुको विकल्प छैन ।’

बैठकमा अध्यक्ष प्रचण्डले अहिले जेजति सिट आएको छ त्यसलाई लिएर गठबन्धनकै सरकार बनाउनुपर्नेमा जोड दिएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिएका छन् । आजको बैठकमा चुनावको समीक्षामा केन्द्रित भइ छलफल भएको उनले बताए । बैठकमा प्रचण्डले हरिबोल गजुरेलको पत्रको विषयमा समेत जवाफ दिएका छ्न ।


प्रतिकृया दिनुहोस्