विराटनगर, मंसिर १५- सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की विजयी भएका छन् । मतगणनाको अन्तिम परिणाम अनुसार कार्कीले एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतलाई हराउँदै विजयी भएका हुन् ।
सञ्चारमन्त्री कार्की कुसियैतभन्दा ११२ मत बढी ल्याउँदै विजयी भएका हुन् । उनले ३० हजार ४ सय ८३ मत ल्याए । एमाले उम्मेदवार कुसियैतले भने ३० हजार ३ सय ७१ मत प्राप्त गरे ।