Hamro Sanchar

सुनसरी-४ मा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता कायमै

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, १४ गते


Advertisement

सुनसरी । सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् । उनले हालसम्म तीन सय २८ मतको अग्रता कायम राखेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेस उम्मेदवार कार्कीले २६ हजार ५ सय ६३ तथा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का उम्मेदवार जगदीश कुसियैतले २६ हजार २ सय ३५ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा मतगणना दुई दिनसम्म रोकिएर मङ्गलबारदेखि पुनः सुरु भएको हो ।


प्रतिकृया दिनुहोस्