उदयपुर । उदयपुर १ को मतगणना रोकिएको छ । गणनाको क्रममा पछिल्लो पटक खोलिएको १० वटा मतपेटिकामा उदयपुर १ ९२० प्रदेश सभाको १०० मत पत्र भेटिएकोले गणना रोकिएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिएका छन् ।
उनका अुनसार ६३ हजार ८० मत गणना भैइसकेपछि थप गणनाको लागि १० वटा मतपेटिका खोल्दा प्रदेशसभाको मतपेटिका भेटिएपछि दलहरुले गणना रोक्न माग गर्दै अवरुद्ध गरेका हुन् । उनले साढे दिउँसो ४ बजे सर्वदलीय बैठकपछि मतगणना सुरू हुने बताए ।
कुल ७६ हजार ७५६ मत खसे उदयपुर-१ मा ६३ हजार ८० मत गणना भैइसकेको छ । गणना भैइसकेकोमा काग्रेसका डाक्टर नारायण खडकाले १ हजा ८२५ मतले अग्रता लिएका छ्न् । खडकाले २७ हजार ४८४ मत प्राप्त पाएका छन् भने एमालेकी मन्जु कुमारी चौधरिले २५ हजार ६५९ ल्याएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।