Hamro Sanchar

बाजुरामा प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु, ३ घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, ४ गते


Advertisement

बाजुरा । बाजुरामा प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी नगरपालिका–७ का २८ वर्षीय सञ्जिव ऐडीको गोली लागेर मृत्यु भएको त्यहाँका मेयर कर्णबहादुर थापाले पुष्टि गरेका छन् ।

त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी आधारभूत विद्यालय मतदानस्थलमा फर्जी मतको विषयमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको थियो ।

मतपेटिका तानातान गरिरहेका कांग्रेस र एमालेका कार्यकर्ता झडपमा उत्रिएपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन गोली चलाएको थियो । घटनामा अन्य तीन जना घाइते भएका छन्। खडक ऐरी, परशुराम पाध्याय र प्रेम थापा घाइते भएका छन् ।


प्रतिकृया दिनुहोस्