बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा ढएमालेण र राप्रपाको गठबन्धन अप्राकृतिक भएको र त्यसले दुर्घटना निम्त्याउन सक्ने बताएका छन् । आफूलाई अति अग्रगामी बताउने एमाले र अतिपश्चगामी राप्रपाबीचको तालमेल कुनै पनि हालतमा मिल्न नसक्ने बताएका हुन् ।
सत्ता-गठबन्धनले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री खाँणले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको माला जप्ने एमाले र सङ्घीयता विरोधी, राजसंस्था पुनःस्थापनाको मुद्दा लिएर हिँडेको राप्रपाबीचको तालमेल के कुरामा मिलेको हो भन्दै प्रश्न समेत गरेका छन् ।
उनले अहिले पनि सत्ताऔगठबन्धन अगाडि रहेको बताउँदै गठबन्धनलाई सफल बनाउने ऐतिहासिक दायित्वबाट नचुक्न पनि पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गृहमन्त्री खाँणले अन्य स्थानमा भन्दा रुपन्देहीमा गठबन्धनको आकार पनि ठूलो भएको भन्दै गठबन्धनलाई सक्षमताका साथ नेतृत्व दिनसक्ने हो भने जित निश्चित रहेको बताएका छन् ।
मन्त्री खाँणले रुपन्देहीलाई देश विकासको मोडल बनाउने प्रतिबद्धता व्यक्त गरे का छन् । कांग्रेसकै नेतृत्वमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएको र अन्य ठूला योजनामा समेत कांग्रेसले नेतृत्व गरेको बताउँदै उहाँले आगामी दिनमा रुपन्देहीलाई उत्पादनको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रुवाहक मात्रै नभएर मालवाहक जहाज उडान गर्न चाहेको बताउँदै त्यसका लागि उत्पादनको केन्द्र बनाउनुपर्ने उनको भनाइ थियो ।